बेलवारीको किरात राई यायोक्खाको अध्यक्षमा जितुमान राई चयन


बेलवारी, १ कात्तिक । किरात राई यायोक्खा बेलवारीको दोस्रो नगर अधिवेशनमा जितुमान राईकाको अध्यक्षतामा २५ कार्य समिति चयन भएका छन् ।

कार्यसमितिको उपाध्यक्षमा नन्दकुमार राई, सिर्जनशरण राई, लीला राई सचिव चन्द्रप्रकास राई सह–सचिव जय कुमारी राई,ऋषि राई, पर्वत राई कोषाध्यक्ष तिलक राई चयन भएका छन् ।

भने सदस्यहरूमा महेश चन्द्र राई , थान बहादुर राई, राजकुमार राई कुलमान राई, अजय राई, सुशीला राई, सितामाया राई, वीर बहादुर राई, लक्ष्मण राई सन्दीप राई, धनप्रसाद राई, सुदर्शन राइृ, भरत राई, राजेन्द्र राई, भगवती राई शशी राई चयन भएका छन् ।

किरात राई यायोक्खा बेलवारी नगरपालिका वडा न ३ स्थित धार्मिक वनमा हिजो -शनिवार दोस्रो नगर अधिवेशन सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि किरात राई यायाक्खाको केन्द्रीय उपाध्यक्ष तिलकप्रसाद राईको उपस्थिती रहेको थियो । उपाध्यक्ष राईले भने प्रदेश नम्बर १ को नामाकरण अहिले सम्म नभएकोले पहिचानको आधारमा किराँत प्रदेश बनाउनको निम्ति तयार रहनु पर्ने बताएका छन् ।

कार्यक्रममा विशिष्ट अतिथि किराया मोरङ अध्यक्ष नरहाङ वान्तवा राई, उपाध्यक्ष सिता नाछिरिङ राई अतिथिहरुमा किराया सदस्य अकिलमान राई, कल्पना राई, किरात याक्थङु चुम्लङु बेलवारी अध्यक्ष चन्द्र लिम्बु, नेपाल तामाङ घेदङु सघ बेलवारी अध्यक्ष सन्देश तामाङ लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्