बेलवारीको सिंहदेवी समुदयिक वनद्वारा तान बुन्ने मेसिन उपभोक्ताहरुलाई वितरण


भाउन्ने, २६ असोज । बेलवारी नगरपालिका–८ स्थित राधानगरको श्री सिंहदेवी समुदयिक वन उपभोक्ता समुहले गरिब तथा विपन्न वर्गहरुलाई तान बुन्ने मेसिन वितरण गरेको छ । कार्यक्रमका प्रमुख अतिथि बेलवारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले तान बुन्ने मेसिन सो वनका उपभोक्ताहरुलाई हस्तान्तरण गरेका छन् ।

सुवेदीले बेलवारीमा रहेको सबै समुदयिक वनलाई साझा फोरमको रुपमा विकास गर्दै सबैको बिचमा सहकार्य गर्दै जाने बताएका छन । कानुन बने पछि वनको संरक्षण ,विकास, समृद्ध बनाउनु कार्य योजनाबाट जोडेर जाने भएकोले सबैलाई सचेत रहन , सक्रिय रहन सुझाव दिएका छन् ।

श्री सिंहदेवी समुदयिक वन उपभोक्ता समूहका अध्यक्ष सम्मर बहादुर तामाङले समुदयिक वनको उपभोक्ताहरुलाई तान बुन्ने मेसिन सही ढङ्गले सञ्चालन गर्ने सुझाव दिएका छन् ।


समूहका कोषाध्यक्ष बिमल लिम्बुले गरिब तथा विपन्न वर्गहरुलाई छनौट गरी जम्मा २० वटा तान बुन्ने मेसिन वितरण गरेको बताएका छन् । रु.२ लाख मूल्य बराबरको मेसिन हस्तान्तरण गरेको लिम्बुले जनाए । प्रति तान मेसिनको मूल्य रु.१० हजार रहेको लिम्बु  बताउछन ।

नगर प्रमुख सुवेदी र सब डिभिजन वन कार्यालय बेलवारीका प्रमुख दिपेश कुमार मिश्रले तान बुन्ने मेसिन उपभोक्ताहरलाई हस्तान्तरण गरेका थिए ।

समुदयिक वनको उपभोक्ताहरु सिद्धिलाल धिमाल, वाटिलाल धिमाल, सर्मिला धिमाल, जय बहादुर धिमाल, विमला धिमाल,कल्पना धिमाल, पूजा राई, उमा धिमाल, दुखनी चौधरी, काजल चौधरी शन्तिला विक, सविना चौधरी, फुलोदेवी चौधरी, कमला धिमाल, निर्मला धिमाल, निना धिमाल, प्रेम कुमार धिमाल, सविना धिमाल, सूर्य कुमार कुरुङवाङ्कलाई मेसिन हस्तातरण गरेको थियो ।

कार्यक्रममा उपभोक्ता समितिका सदस्य सन्तोष तामाङ , नेकपा बेलवारी नगरको सचिव रविन थापा लगाएतले स्वागत मन्तव्य दिएका थिए ।

कार्यक्रममा विशिष्ट अतिथिहरुमा बेलवारीनगरका वडा अध्यक्षहरु ७ का चेतबहादुर बस्नेत, ८ का धनपति गौतम, १० का गंगा याक्खा , वन कार्यालयका प्रमुख दिपेश कुमार मिश्र अतिथिहरुमा जनप्रतिनिधिहरु, पार्टीका नेताहरु लगाएतको उपस्थिती रहेका थिए । कार्यक्रम श्री सिंहदेवी समुदयिक वन उपभोक्ता समूहका अध्यक्ष सम्मर बहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्