राष्ट्रिय जनमुक्ति पार्टी संखुवासभा जिल्लामा कृष्णकुमार राई


धरान,२५ असोज । राष्ट्रिय जनमुक्ति पार्टी संखुवासभा जिल्लामा कृष्णकुमार राईको अध्यक्षतामा १५ कार्य समिति चयन भएको छ ।

समितिमा उपाध्यक्षमा विसनकुमार राई, सचिवमा जीतबहादुर राई, सहसचिवमा कृष्ण पहाडी र कोषाध्यक्षमा दिलकुमार राई चयन भए । यसै गरी सदस्यहरूमा नरबहादुर राई, जयबहादुर याङरुङ, मानबहादुर मगर, सञ्चबहादुर राई, भीमप्रसाद राई, दीपेन राई, गजदीश राई, शुभदेवी राई, विष्णु राई, र उत्तमकुमार राई रहेका छन् ।

यस्तै पार्टीको भातृ संस्था नेपाल विद्यार्थी मोर्चाको जिल्ला संयोजकमा कमला राई र युवा महासंघ जिल्ला संयोजकमा मानबहादुर राईलाई चयन गरिएको छ । भेलामा पार्टीका संघीय परिषद् उपाध्यक्ष प्रकाश येङदेन र जनमुक्ति युवा महासंघका केन्द्रीय सदस्य फिबराज लिम्बूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्