पत्नी हत्या गरेको आरोपमा रामजी पक्राउ


झापा,२५ असोज । पत्नी हत्या गरेको आरोपमा झापा कमल गाउँपालिका–२ त्रिवेणीचोकका रामजी थापा पक्राउ परेका छन् । उनीमाथि पत्नी रीता थापालाई हत्या गरेको आरोप छ ।

दुई बीच घरायसी विषयमा विवाद हुँदा ३४ वर्षीय राजजीले पत्नी रीतालाई शनिबार साँझ पौने ६ बजे घाँटीमा खुकुरीले प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहारबाट गम्भीर घाइते बनेकी रीताको केही समयपछि नै मृत्यु भएको थियो । रामजीविरुद्ध प्रहरीले कर्तब्य ज्यान मुद्दामा कारबाही अगाडि बढाएको छ । हाल अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्