नेपाली सेनालाई दशैं मनाउन बिदा दिने


काठमाडौं, २५ असोज । कोरोना भाइरसको महामारीका कारण नेपाली सेनाले यस वर्ष कर्मचारीलाई दशैं बिदा दिने भएको छ । लामो समयसम्म बिदा जान नपाएका सैनिकहरुलाई दशैं मनाउन बिदा दिन लागेको हो ।

दसैंमा घर जानेहरुलाई सकेसम्म सेनाले आफ्नै बस र हवाईजहाजमार्फत पु¥याउने तयारी गरिरहेको नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलले जानकारी दिएका छन् ।

बिदाबाट फर्केपछि क्वारेन्टिन बसाउने र सबै स्वास्थ्य मापदण्ड अपनाएर काममा फर्काउने उनले जानकारी दिएका छन् । यसपालिको फूलपातीमा गत वर्षभन्दा कम व्यक्तिलाई आमन्त्रण गरिने र मौलो पूजामा पशुबली दिइँदै आए पनि विगतभन्दा कम हुने बताए ।

प्रतिक्रिया दिनुहोस्