मोरङको बेलबारीमा जुवा खेलिरहेको अवस्थामा छ जना पक्राउ


विराटनगर ,२४ असोज । मोरङको बेलबारीमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले २ लाख ५० हजार भन्दाबढि नगद सहित ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा झापा दमक नगरपालिका ५ मन्टेश्वरी टोल बस्ने बर्ष ३२ को धमेन्द्र राई, जिल्ला सुनसरी ईटहरी उमनपा १ हलगडा बस्ने बर्ष ४७ को प्रदिप तामाङ र धनुषा चारनाथ गणेशमान नगरपालिका ८ पोर्ताहा बस्ने बर्ष ५० को पर्शुराम भुजेल र मोरङ बेलबारी नगरपालिका ३ जना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नगरपालिकाको ४ नम्बर वडा स्थित गर्जुराम टोलमा रहेको अशोक राईको घरमा जुवा खेलिरहेको अवस्थामाजिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले ६ जनाको साथबाट प्रहरीले नगद २ लाख ५३ हजार २ सय ३५ रुपैयाँ, कौडा १ सेट, तास ३ बुङ, को.२ च २८१९ नम्बरको स्कापियो, को २३ प १३८७ नम्बरको स्कुटि, र अनटेस्ट मोटरसाइकल १ थान बरामत गरेको कार्यालयले जनाएको छ।

उनीहरुको थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्