गोरु काट्ने एक युवकलाई कैद


सुर्खेत,१९ असोज । दैलेखमा गोरु काट्ने एक युवकलाई जिल्ला अदालत दैलेखले एक वर्ष ९ महिना कैद र ४० हजार क्षतिपूर्तिको फैसला गरेको छ ।

भैरवी गाउँपालिका(२ का राजेश विष्टलाई क्षतिपूर्तिको फैसला अदातलका न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले गरेको श्रेस्तेदार इन्द्रबहादुर कार्कीले बताएका छन् ।

मुलुकी अपराध संहिताको २८९ को एक वर्ष ९ महिना कैद र ४० हजार उपदफा १, २ र ३ अनुसार आइतबार अदालतले कैद फैसला गरेको कार्कीले बताए । उनकाअनुसार विष्टबाट ४० हजार क्षतिपूर्ति भराउन पनि अदालतले फैसला गरेको छ ।

विष्टले गत भदौ २६ गते भैरबी गाउँपालिका(२ रावतकोटका सोविन थापाका आगनमा बाँधेका गोरु काटेका थिए । काटिएकै दिन एउटा गोरुको मृत्यु भएको थियो भने अर्को गोरु घाइते अवस्थामा छ ।

प्रतिक्रिया दिनुहोस्