कोरोनाबाट धरानका एक पुरुषको मृत्यु


धरान,१९ असोज । कोरोना संक्रमणको कारण आज बिहान थप एक जना पुरुषको धरान स्थित बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा निधन भएको छ ।

मृत्यु हुनेमा धरान १५ का ५५ वर्षीय पुरूष असोज १६ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका उनको उपचारका क्रममा बिहान ६ ः ४५ मा मृत्यु भएको प्रतिष्ठानका सह(प्रवक्ता डा. आशिष श्रेष्ठले बताएका छन् ।

मृतक मृगैलाका दिर्घरोगी रहेको डा. श्रेष्ठले बताएका छन् । योसँगै धरानका कोरोना संक्रमितको मृत्यु संख्या ९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्