प्रहरीद्धारा ६ सय ११ गाँजाको बोट नष्ट


संखुवासभा, १७ असोज । सङ्वासभा जिल्लाबाट खटीएको प्रहरी टोलीले खाँदबारी नगरपालिका ५ माल्टाका ६ सय ११ गाँजाको बोट नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यलय सङ्वासभाका प्रहरी निरीक्षक जीवन कुमार गौतम सहितको टोलीले माल्टाको विभिन्न ठाँउमा आफै उम्रिएको गााँजा नष्ट गरेको हो ।

गाँजा सेवन गर्ने मानिसहरुको संख्या बढ्दै गएको हुँदा फडानी कार्यलाई तिव्रता दिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्