झापामा ब्राउनसुगरसहित २ जना पक्राउ


झापा ,१५ असोज । झापाको बिर्तामोड स्थित सैनिक मोडबाट ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा कचनकवलका २२ बर्षीय सुदम राजवंशी र सोही स्थानका ३९ बर्षीय नर बहादुर राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनीहरूलाई विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले मंगलबार साझ ६ बजे नियन्त्रणमा लिएको थियो । नियन्त्रण पश्चात उनिहरु उपर चेकजाँच गर्दा प्लाष्टिकमा पोको पारेर राखिएको अवस्थामा १३ ग्राम लागुऔषध खैरो हिरोईन ब्राउनसुगर र नगद ९ हजार बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनिहरुलाई ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको छ ।

प्रतिक्रिया दिनुहोस्