घरघरमा शुद्ध खानेपानी पुर्‍याउने बेलबारी ६ को अभियान


बेलबारी, १३ असोज। घरघरमा शुद्ध पिउने पानी आउने भए पछि बेलबारी ६ का स्थानीयहरू यतिखेर दङ्ग परेका छन् । बेलबारी नगरपालिका वार्ड नं ६ सोमबारे खानेपानी योजना २०७३ सालमा सुरु भए पनि २०७५ सालबाट मात्र काम सुरु भएको हो ।

तर विविध कारणले ढिलाइ भएको योजना अहिले आएर मात्र कामले सार्थक रूप लिएको आयोजनाका सचिव टेकनाथ शर्मा बत्ताउँछन् । १ करोड ४२ लाखको लागतको यस योजनाको लगभग ९८ प्रतिशत काम सकिएको, अब केही दिनमै पानी वितरण गरिने सचिव शर्मा बत्ताउँछन् ।

खानेपानी कोष विकास समितिको लगानी र सामुदायिक समाज केन्द्र विराटनगरको प्राविधिक सहयोग सञ्चालन हुने, २५ हजार लिटर क्षमता रहेको यस योजना साबिकको बाहुनी गाविसका २ र ३ वडाका स्थानीयले शुद्ध पिउने पानी पाउने बेलबारी नगरपालिका वार्ड नं ६ का अध्यक्ष उदय बहादुर राई बत्ताउँछन् ।

जनतकारलाई शुद्ध पानी पुर्‍याउने योजनामा आफूहरू लागिरहेको बेलबारी नगरपालिका वार्ड नं ६ का अध्यक्ष राई बत्ताउँछन् । घरघरमा शुद्ध पिउने पानी आउने भएपछि ७३ वर्षीय स्थानीय टंककुमारी खड्का खुसी व्यक्त गर्छिन् ।

https://youtu.be/LzhBfmoRH3g

प्रतिक्रिया दिनुहोस्