कोरोना संक्रमित पुरुषको मृत्यु


सुनसरी, १३ असोज । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
मोरङको सुनबर्सी(७ का ६८ वर्षीय पुरुषको आज बिहान ३ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताएका छन् ।
ती पुरुषमा असोज ५ गते रिपोर्ट पोजेटिभ आएको थियो । अवस्था नसुध्रिएपछि नोबेल मेडिकल कलेजले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरेको थियो ।
उनी प्रतिष्ठानमा असोज १० गते बिहान ७ बजे भर्ना भएका थिए । प्रतिष्ठानले उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्