असोज २३ गते देखी बेलबारीमा कक्षा ११ को परीक्षा हुने


बेलबारी, १२ असोज । बेलबारी नगरपालिकाले असोज २३ गते देखी कक्षा ११ को परीक्षा सञ्चालन गर्ने भएको छ । सोमवार बेलबारी नगरपालिका शिक्षाशाखाका प्रमुख भूपेन्द्र कोइरालाको अध्यक्षतामा बसेको बैठकले असोज २३ गते देखी २८ गते सम्म कक्षा ११ को परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

बैठकमा नगर क्षेत्र भित्र कक्षा ११ सञ्चालन गरिरहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूका प्रधानाध्यापक तथा शिक्षकहरूको सहभागिता रहेको थियो । बैठकले परीक्षा सञ्चालन गर्नका लागि एक समिति समेत गठन गरेको छ । गोविन्द भण्डारीको संयोजक्तोमा ५ सदस्य समिति गठन गरेको हो ।

समितिको सदस्यमा खगेन्द्र लुइँटेल, टेक नारायण शाह, भूपाल बस्नेत, सदस्य रहेका छन् भने सदस्य सचिवमा नारायण कोइराला रहेका छन् । नगर क्षेत्र भित्र परीक्षामा ७ वटा सामुदायिक विद्यालय र २ वटा संस्थागत विद्यालयका विद्यार्थीले सहभागिता जनाउने शिक्षा शाखा अधिकृत भूपेन्द्र कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहोस्