नेकपाका दुई अध्यक्ष बीच छुटै भेट


काठमाडौं, ११ असोज । मन्त्रिपरिषद पुनर्गठन कालागि प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको छुट्टै छलफल सकिएको छ ।
मन्त्रिपरिषदको आकस्मिक बैठकअघि आज –आइतबार) मन्त्रिपरिषद पुनर्गठनका लागि साझा सहमति जुटाउने उद्देश्यका साथ भएको भेटवार्ताले कुनै ठोस सहमति जुटाउन नसकेको स्रोतले जानकारी दिएको छ ।
अध्यक्ष प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटा जुगलले भने दुई अध्यक्षबीच मन्त्रिपरिषद पुनर्गठनलगायातका समसामयिक विषयमा छलफल भए पनि अहिलेसम्म कुनै सहमति जुटिनसकेको बताएका छन् ।
मन्त्रिपरिषद पुनर्गठनका विषयमा विभिन्न कोणबाट छलफल भए पनि दुई अध्यक्षबीच कुरा मिलिनसकेको बताउँदै सापकोटाले भने, ‘फेरि छलफललाई निरन्तरता दिने भन्ने अध्यक्षहरुबीच सल्लाह भएको छ ।’
आजको छलफलमा अध्यक्ष प्रचण्डले पार्टीले निर्णय गरेर मात्रै मन्त्रीको नाम तय गर्नुपर्ने सुझाब प्रधानमन्त्री ओलीलाई दिएको बताइएको छ । विशेष गरी मन्त्रिमण्डल पुनर्गठनको मापदण्ड र कहि मन्त्रालयहरुको विषयमा दुई अध्यक्षबीच समान धारणा बनिनसकेको स्रोतको दावी छ ।

प्रतिक्रिया दिनुहोस्