धनकुटा, १० असोज । धनकुटामा जनता समाजवादी पार्टी, नेपाल समायोजन कार्यक्रम सम्पन्न भएको छ । समाजवादी पार्टी, नेपाल जिल्ला समन्वय धनकुटा र राष्ट्रिय जनता पार्टी जिल्ला समन्वय धनकुटाबिच समायोजित भई जनता समाजवादी पार्टी, नेपाल जिल्ला समन्वय धनकुटा निर्माण भएको हो ।
अध्यक्षमा बलबहादुर राई, उपाध्यक्षमा नगेन्द्र देवान, विकास घिमिरे र पार्वती राई, सचिवमा राम बहादुर रायमाझी, उपसचिवमा इन्द्र बहादुर रसाइली, उपसचिवमा डम्बर बहादुर कटुवाल र नारायणजुन राई, कोषाध्यक्षमा सरोज आठपहरिया चयन भएका छन् । ७१ सदस्यसहित ८० जनाको समिति बनेको जनता समाजवादी पार्टीका नेता जेन्टल लावतीले जानकारी दिएका छन् ।