नेपाल प्रेस युनियन मोरङको अध्यक्षमा बस्नेत : पदस्थापन सम्पन्न


मणिराम दाहाल –
सुन्दरहरैंचा, १० असोज। नेपाल प्रेस युनियन मोरङको पदस्थापन कार्यक्रम बेलबारी-३ ड्रिमल्याण्ड फन प्रा.लि.मा शनिवार सम्पन्न भएको छ । पहिलो कार्यकाल समालेका कुमार लुइँटेलले भोजराज बस्नेतलाई दोस्रो कार्यकालका लागि पद हस्तान्तरण गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख शिवप्रसाद ढकाल थिए । उनले समसामयिक राजनीति तथा सामाजिक गतिविधिको बारेमा धारण राख्दै नयाँ जिम्मेवारी सम्हालेका अध्यक्ष बस्नेतलाई कुशल नेतृत्व समाल्दै सबैसँग समन्वय तथा सहकार्य गरेर अघि बढ्न शुभकामना दिएका थिए ।
प्रेस युनियनको पदभार ग्रहण गर्दै बस्नेतले सङ्गठनको कामलाई कुशलता पूर्वक अघि बढाउँदै पत्रकारको हकहितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले जिम्मेवारी सँगै कैयौँ चुनौतीहरू पनि आएको बताउँदै चुनौतीलाई सामान गर्दै समाज तथा श्रमजीवी पत्रकारको हितमा काम गर्ने उल्लेख गरे । बस्नेतले सङ्गठनभित्र आवश्यक सुधारका काम गर्ने तथा बेथिति तोड्न कडा कदम चाल्ने आफ्नो योजना रहेको बताउँदै पत्रकारिता क्षेत्रमा जिल्लाको नेतृत्व गर्ने अवसर तथा पुरस्कार वितरणको कार्य र प्राप्तको लागि विराटनगर बाहिरका व्यक्तिमा पनि जानु पर्ने बताए ।
कार्यक्रममा नेपाल प्रेस युनियनका प्रदेश संयोजक लिलाबल्लभ घिमिरे,युनियनका पूर्व केन्द्रीय सदस्य शङ्कर खरेल,काँग्रेस महासमिति सदस्य महेन्द्र सुवेदी,उद्योगी भोलेश्वर दुलाल,काँग्रेस बेलबारीका सभापति शम्भु भट्टराई,युनियन मोरङका पूर्व अध्यक्ष मीनकुमार नवोदित,सुनसरी अध्यक्ष पवन अधिकारी,नेपाल पत्रकार महासंघ मोरङकी उपाध्यक्ष सुशीला पाठक लगायतका वक्ताले बस्नेतलाई सफल कार्यकालको लागि शुभकामना दिएका थिए ।
कार्यक्रममा युनियन मोरङका सचिव गोपाल पोखरेलले वर्तमान कार्यसमितिले अहिलेसम्म गरेका कामहरू समेटिएको प्रतिवेदन प्रस्तुत गर्नुका साथै कार्यक्रम समेत सञ्चालन गरेका थिए । पदस्थापन कार्यक्रम कुमार लुइँटेलको सभापतित्वमा सम्पन्न भएको थियो ।

 

Photo??

प्रतिक्रिया दिनुहोस्