बेलबारीमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि 


बेलबारी, भदौ ९ । बेलबारीमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या ४९ पुगेको छ । बेलवारी वाड नं. ८ निवासी वर्ष २३ का पुरुष, वर्ष २७ र ४५ दुई महिला संक्रमित भएको बेलबारी शाखाले जानकारी दिएको हो ।
३ जनाको कन्टेक्ट ट्रसिङबाट पिसिआर गरिएको थियो । भदौ ६ गते २५ जनाको स्वाब संकलन गरी गरिएको पिसिआरबाट ३ जनाको रिर्पोट पोजेटिभ आएको सन्तोषले जनाए । बेलबारीमा सक्रिय संक्रमित २७ जना, ३० जना निको भएर घर फर्किसकेको र २ जना संक्रमितको मृत्यु भएको बेलबारी स्वास्थ्य शाखाका कर्मचारी सन्तोष वि.कले बताएका छन् ।
सन्तोषका अनुसार १५ जना पुरुष र २ जना महिला गरी १७ जना बेलबारी क्वारेनटाइनमा रहेका छन् । आइसोलेसनमा ३ जनामा २ जना आज निको भएर घर फर्किएको र १ जना रहेको उनले जनाए ।

प्रतिक्रिया दिनुहोस्