तार चोरी गर्ने ४ जना पक्राउ


उनिहरुलाई जिल्ला प्रहरी र्कायलयबाट खटिएका प्रहरी टोलीले मंगलबार राती ८ बजे चेकजाचको क्रममा महानगरको ४ नम्बर वडा स्थित जमानुगाछीबाट पक्राउ गरेको हो ।

विराटनगर, ६ असोज । नेपाल टेलिकमको तार चोरी गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका ६ का २१ वर्षीय विजय सहनी, वर्ष १८ का राज सहनी, वर्ष २१ का रविन सहनी र वर्ष १९ का सुमिता सहनी रहेको जिल्ला प्रहरी मोरङका प्रवक्ता, प्रहरी नायव उपरिक्षक मान बहादुर राईले जनाएका छन् ।

उनिहरुलाई जिल्ला प्रहरी र्कायलयबाट खटिएका प्रहरी टोलीले मंगलबार राती ८ बजे चेकजाचको क्रममा महानगरको ४ नम्बर वडा स्थित जमानुगाछीबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनिहरुको साथबाट प्रहरीले टेलिकमको १५० पेयर, २२० मिटर केवल तार र को ९ प ४१५८ नम्बरको मोटरसाइकल बरामत गरेको प्रहरी नायव उपरिक्षक राईले बताएका छन् । उनीहरुलाई चोरी ऐन अन्तरगत थप अनुसन्धान कारवाही प्रकृया भइरहेको राईले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्