इनरुवामा मोटरसाईकल दुर्घटना हुँदा एक जना युवाको मृत्यु


इनरुवा,६ असोज । इनरुवा स्थित राजमार्गमा को ४ प २६९४ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा इनरुवामा एक जना युवाको मृत्यु भएको छ ।

आज दिउसो मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक ईनरुवा–८ बस्ने ४० बर्षीय सम्पत लाल उरावको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

दुर्घटनामा घाइते बनेका उरावको उपचाका लागी लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्