करेन्ट लागेर वडा अध्यक्ष तामाङको मृत्यु


सोलुखुम्बु,६ असोज । सोलुखुम्बुको माप्य दुधकोशी गाँउपालिका–५ का ३९ बर्षीय वडा अध्यक्ष निमराज तामाङको करेन्ट लागेर मृत्यु भएको छ ।

करेन्ट लागेर बेहोस भएका वडा अध्यक्ष तामाङको जिल्ला अस्पताल फाप्लुमा उपचारको क्रममा ०९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

आफ्नै घरमा रड लिएर छतमा जाने क्रममा रडले अचानक बिजुलीको नाङ्गो तारमा छुँदा उनलाई आज बिहान साढे ८ बजे करेन्ट लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्