बेलबारीमा एकै दिन ८ जना संक्रमित थपिए : संक्रमितको संख्या ४६ पुग्यो


बेलबारी, ६ असोज । बेलबारीमा एकै दिन ८ जनामा संक्रमण पुष्टि भएको  छ । बेलबारी ८ का ५ महिला र ३ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
बेलबारी ८ का एक पुरुषमा संक्रमण देखिएपछि १५ जनामा गरिएको कनट्र्याक्ट टे्रसिङमा ८ जनामा पोजेटिभ देखिएको नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले बताए ।
सन्तोषका अनुसार असोज ३ गते स्वाब संकलन गरेर बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा पठाइएको थियो । बेलबारीमा ८ जना थपिएसँगै संक्रमितको संख्या ४६ पुगेको छ । संक्रमित मध्ये २७ जना निको भएर घर फर्केका छन् भने २ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्