खोला तर्ने क्रममा एक युवतीको मृत्यु


नवलपुर, ६ असोज । नवलपरासीको देवचुली नगरपालिका–१६ मा खोला तर्ने क्रममा १७ वर्षीया जिममाया सारुको मृत्यु भएको हो ।

बाख्रा चराएर फर्कने क्रममा देवचुली–१६ को टुनीखोला तर्ने क्रममा खोलाले बगाउँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी–बर्दघाट–सुस्तापूर्व) ले बताएका छन् ।

सारुलाई सोमबार दिउँसो खोलाले बगाएपछि स्थानीयवासीले उद्धार गरेर चितवनको भरतपुरमा रहेको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा पु¥याएका थिए ।

उनको उपचारकै क्रममा मृत्यु भएको नवलपरासी पूर्वका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । सारुको शव आज भरतपुर अस्पतालमा शव परीक्षणपश्चात् परिवारलाई बुझाइएको खाँणले बताए ।

प्रतिक्रिया दिनुहोस्