डोजर दुर्घटना हुँदा एकजनाको मृत्यु 


काठमाडौं ,५ असोज । बझाङमा डोजर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुङ्गल नगरपालिका(१ भिरगडा बस्ने २८ वर्षीय मानबहादुर बोहरा रहेको छ भने अन्य तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।
बुङगल नगरपालिका–१ तल्लोदहमा लु.१ क १२७८ नम्बरको डोजर आइतबार राति सडकबाट करिब ५० मिटर तल खस्दा बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दहबगरस्थित सडकमा फसेको ग.३ च १५६१ नम्बरको जिप निकालेर ऐसेलुबगर जाने क्रममा सडकबाट डोजर खस्दा वडा ९ देउलीकोट बस्ने २४ वर्षीय महेश खडायत लगायत ३ जना घाइते भएका छन् । घाइतेलाई उपचारको लागि धनगढीतर्फ पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्