सुत्केरीपछि अत्यधिक रक्तस्राव भएपछि हेलिकप्टरमार्फत पोखरा पुरायो


 बागलुङ, ५ असोज । गलकोट नगरपालिका–११ रिघाकी २५ वर्षीया गौरी श्रीसलाई सुत्केरीपछि अत्यधिक रक्तस्राव भएपछि हेलिकप्टरमार्फत उद्धार गरी पोखरा पठाइएको छ ।

गए राति शिशु जन्माएकी श्रीसलाई एम्बुलेन्सबाट लान नसकिने अवस्थामा उपचारका लागि हेलिकप्टरमार्फत पोखरा लगिएको छ ।गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयको पहलमा श्रीसलाई आज बिहान हेलिकप्टरबाट उद्धार गरिएको हो ।

उनको अहिले गण्डकी अपस्पतालमा उपचार भइरहेको वडाध्यक्ष डम्मर श्रीसले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्