निगम खनालद्वारा बेलबारीकी एक बलात्कार पीडित बालिकालाई आर्थिक सहयोग


बेलबारी , ४ असोज। निगमको फेरि अर्को सहयोग पीडित बालिकालाई स्थायी घर काठमाडौँ भई हाल क्यानडा बस्ने निलम खनालले बेलबारीकी एक बलात्कार पीडित बालिकालाई आर्थिक सहयोग गरेकी छन् ।

बेलबारी नगरपालिकाकी उपमेयर तारा पराजुलीको फेसबुक वाल अर्थात् सामाजिक सञ्जालमा १२ वर्षको उमेरमा तीन जना पुरुषबाट बेलबारीकी एक बालिका बलात्कृत भन्ने प्रसङ्गको पोस्ट देखेपछि आफू विक्षिप्त बनेको र उपमेयरसँग उनको आर्थिक अवस्था बुझ्दा अत्यन्तै दयनीय भन्ने थाहा पाएपछि केही सहयोग गर्न सोच भएको निगमले बताइन् ।

विदेशी भूमिमा रहेर नेपालका हिंसापीडितहरूको लागि निरन्तर सहयोग गर्दै आएकी सामाजिक अभियन्तासमेत रहेकी निगम लामो समयदेखि हिंसा पीडित महिलाहरूको पक्षमा काम गर्दै आएकी छिन् । केही दिन अघि मात्र खनालले बेलबारीकै अर्की एक हिंसा पीडित बालिकालाई समेत सहयोग रकम उपलब्ध गराएकी छिन् ।

पीडित परिवारलाई केही समयको लागि हातमुख जोर्ने समस्या भनेर सानो सहयोग गरेकी हुं-खनालले भनिन् । उनले आफूले पठाएको रकम पीडितको घरमै पुगेर हस्तान्तरण गरेकोमा उपमेयरलाई धन्यवाद प्रदान गरिन् । पीडित परिवारले निगमलाई आफूहरूलाई जटिल परिस्थितिमा यति ठुलो सहयोग गरेकोमा उपमेयर मार्फत  धन्यवाद भनिदिन अनुरोध गरेका छन् । साथै उनीहरूले सम्पूर्ण समन्वय मिलाउने उपमेयरलाई पनि धन्यवाद दिएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्