ओशो ध्यान आश्रम विराटनगरलाई रु.५ लाख सहयोग


विराटनगर ,४ असोज। विराटनगर स्थित ओशो ध्यान आश्रमलाई एक जना दाताले रु. ५ लाख आर्थिक सहयोग गरेका छन् ।

ओशो साधक तथा नेपाल सरकारका पूर्व कर्मचारी डुल्लुराज बस्नेत (स्वामी बितराग) ले आश्रम सञ्चालन सहयोगको लागि अक्षयकोष खडा गर्न रु. ५ लाख सहयोग गरेका हुन । विराटनगर २ स्थित ओशो आश्रममा एक कार्यक्रमबिच आइतबार कार्यसमितिका पदाधिकारीलाई चेक हस्तान्तरण गरिएको छ ।

गत माघ महिनामा स्वामी आनन्द अरुणको ध्यान शिविर चलेका बेला आश्रम संचालानार्थ हेतु अक्षय कोष खडा गर्न दाताले सहयोग गर्ने घोषणा गरेका थिए । तीमध्ये बस्नेतले रकम हस्तान्तरण गरिदिएका हुन ।बस्नेतले ओशो सन्यासीमाझ भने,“म पनि ध्यान र साधनासंग जोडिएको छु ।

आश्रमसँग मेरो पनि लगाव छ । आश्रममा ध्यानलगायतका गतिविधि गर्न थोरै भए पनि सहयोग पुगोस् भन्ने अभिप्रायले सहयोग गरेको हुँ ।” विराटनगर आश्रममा ओशोले प्रतिपादन गरेका ध्यानका नियमित कार्यक्रम हुँदै आएकोमा कोरोना कहरपछि पछि स्थगित रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्