संविधान दिवसमा समाजवादी विद्यार्थी युनियनद्वारा बेलबारीमा विरोध प्रदर्शनी


बेलवारी, ३ असोज । आज असोज ३ गते देशमा ५ औँ संविधान दिवस मनाइरहँदा विरोध कार्यक्रम पनि भइरहेको छ । समाजवादी विद्यार्थी युनियन सुकुना बहुमुखी क्याम्पसका समितिले विरोध कार्यक्रम गरेको छ ।
साँझ बेलबारीमा विरोध नाराको साथ संविधानको पुस्तक स्वरूप फोटो जलाएर प्रदर्शनी गरेका हुन । समाजवादी विद्यार्थी युनियन सुकुना बहुमुखी क्याम्पसका अध्यक्ष सुमित राईले आदिवासी जनजाति, मधेसी तथा पिछडा समुदायको अधिकार विपरीत संविधान निर्माण भएको कारण असोज ३ गते कालो दिन रहेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै समाजवादी युवा संघ बेलबारी नगरका अध्यक्ष सन्तोष तामाङले नेपालीको कुल जनसंख्याको २ तिहाइ जनताको मनोभावना विपरीत संविधान निर्माण भएको हुँदा, संशोधन गर्न माग गरेका छन् । सबै समुदाय तथा वर्गको अनुकूल संविधान भए मात्र समृद्ध नेपाल सम्भव हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्