बुटवलमा एक कोरोना संक्रमित पुरुषको मृत्यु


रुपन्देही, ३ असोज । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा आइसियुमा उपचार गर्दागर्दै थप एक कोरोना संक्रमित पुरुषको ज्यान गएको छ ।
बुटवल उपमहानगरपालिका–१० का ६९ बर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिएका छन् ।
उनी भदौ २२ गते अस्पतालमा भएका थिए । भने २२गतेदेखि आइसियुमा राखेर उपचार गर्दागर्दै आज मृत्यु भएको छ । उनलाई कुनै दीर्घरोग नभएको अस्पतालले जनाएको छ । उनको शव व्यवस्थापन सेनाले गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्