प्रवीणलाई मृत्युसँगको लडाई झनै कठिन बन्दै : रोमनद्वारा रु.१५ हजार उपचारार्थ रकम सहयोग


मोरङ, २ असोज । मोरङको रँगेली नगरपालिका वाड नं. २ निवासी वर्ष २२ का प्रवीण गिरीको मृत्युसँगको लडाई अझै कठिन बन्दै गएको छ । दुवै मिर्गौलाले काम नगरे पछि उपचारको लागि आर्थिक अभावको कारण डाइगनोसिस गर्दै घरमा बस्न बाध्य छन् ।
नातिको अवस्थालाई देखेर वृद्ध बोजु भक्कानिँदै रोएको देख्दा कसको आँखा रसाउँदैन र ? ८२ वर्षकी फुलमाया गिरी, नातिको अवस्था देखेर आशु खसाल्दै सहयोगको गुहार गर्छिन् । वर्ष ५२ की आमा देवी गिरी पनि छोरालाई बचाउन सहयोग गर्दिन आग्रह गर्छिन् ।
पहिलो पटक गिरी परिवारको घरमा पुगेर प्रवीणको अवस्था बारे सार्वजनिक गरेको समाचार तथा भिडियोले आफन्त तथा साथीहरूबाट उपचारार्थ रकम सहयोग भएको प्रवीणका मामा गुणराज गिरीले बताए । तर डाक्टरको परामर्श अनुसार मिर्गौला प्रत्यारोपण गर्न सक्ने गरीको उपचारको लागि भने पर्याप्त रकम नभएको गुणराज बत्ताऊ छन् ।
बिहीबार दोस्रो पटक प्रवीणको अवस्था बुझ्न र केही उपचारार्थ रकम तथा खाद्यान्न सामाग्री प्रदान गर्न उनको घर पुगेको थियौ । बेलबारी नगरपालिका वाड नं. १ निवासी रोमन राईले रु.१५ हजार उपचारार्थ रकम तथा खाद्यान्न सामाग्री हस्तान्तरण गरेका छन् । रु. ५ हजार सुनसरीका इटहरी निवासी विनीता राईले सहयोग गरेको रोमनले जनाएका छन् ।
उनले प्रवीणको उपचारको लागि थप आर्थिक सहयोग गर्ने.प्रतिबद्धता समेत गरेका छन् । साथै रोमनले प्रवीणलाई बचाउन सबैले इच्छा अनुसार आर्थिक सहयोग गर्न पर्ने बताउँदै सहयोगको लागि आग्रह पनि गरेका छन् ।
प्रवीणको उपचारको लागि मामा गुणराजले आफूले सक्ने सबै गरिरहेका छन् । तर गुणराजको पनि आर्थिक अवस्था नाजुक रहेको छ । प्रवीणको एक दाजु प्रमोद गिरी त छन् तर लकडाउनसँगै उनी पनि बेरोजगार छन् । बुबा घर आएर उपचार खर्च जोहो गर्ला भन्ने प्रवीणको परिवारलाई रक्तीभर विश्वास छैन ।
आमा देवीका अनुसार श्रीमान् घर नआएको धेरै भइसकेको छ । श्रीमान् कहाँ छन् भन्ने अत्तोपत्तो नहुने, आए पनि मदिरामा लिप्त भइरहने उनी बत्ताऊ छिन । आमा देवीका अनुसार बस्ने घर घडेरी धितोमा छ । समयमा ब्याज तिर्न नसक्दा दुई पटक सम्बन्धित संस्था देखी चिठी आइसकेको उनी बताउँछिन् ।
प्रवीण आफू निको भएर अरूले जस्तै सामान्य जीवन जिउन चहान्छन । उनी फेरी पढ्न चहान्छन । पढेर परिवारको सहारा बन्न चहान्छन । परिवारको पनि प्रवीणसँगको सपना अनगिन्ती रहेको छ । वृद्ध बोजु र आमाको दैनिक झरिरहेका लाखै थोपाको आशुको, तपाई हामीले गर्ने सानो सहयोग पनि करोडौँको आर्सीवाद हुने छ ।
तपाई हाम्रो सहयोगले प्रवीणलाई बचाउन सके मानवताको अर्को उदाहरण बन्ने छ । उनको परिवारको गुहार सबैले सुनै, आग्रह स्वीकारै सबैले जति सक्छौ त्यति आर्थिक सहयोग गरौँ । सेवा नै धर्म हो ।
सहयोगको लागि देवी कुमारी गिरीको सिभिल बैँकमा भएको खाता नं. ००६१०३५९२९४०१८ मा आर्थिक रकम पठाउन सक्नु हुने छ । सम्पर्कको लागि गुणराज गिरीको मोबाइल नं. ९८४२१८६७४६, प्रमोद गिरीको नं. ९८२७३९०८५९ मा फोन गर्न सक्नु हुने छ ।

प्रतिक्रिया दिनुहोस्