बेलबारीमा १३ महिने बालकले जिते कोरोनालाई 


बेलबारी, १ असोज । बेलबारीमा १३ महिने वालकले कोरोनालाई पराजित गरेका छन् । कन्ट्रयाक टेसिङ मार्फत उनको स्वाब सङ्कलन गरेर भाद्र १८ गते बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा लगिएको थियो । 
भाद्र ३० स्वाब सङ्कलन गरेर पुन प्रतिष्ठानको ल्याबमा पठाइएको थियो त्यसको रिपोट आउँदा उनलाई नेगेटिभ आएको छ । ती वालक सँगै उनकै परिवारका एक अभिभावकलाई समेत कोरोना संक्रमण भएको थियो । उनी कोरोना मुक्त भइसकेका छैनन् । 
यस्तै बेलबारीमा १ सङ्क्रमित थपिएका छन् । विराटनगरमा बस्दै आएका  बेलबारी ८ का एक पुरुषमा संक्रमण पुष्टि भएको कर्मचारी विश्वकर्माले बताए  । ज्वरो आएपछि कोशि अस्पतालको ल्याबमा परीक्षण गराएका उनको पुष्टि भएको नगरपालिकाको कार्यालयले जनाएको छ
एक जना थपिए सँगै बेलबारीमा संक्रमितको संख्या ३६ पुगेको छ । जसमा २७ जनाले कोरोनालाई पराजित गर्दै घर फर्की सकेका छन् भने २ जनाको मृत्यु भइसकेको छ । 
 
 
 
 

प्रतिक्रिया दिनुहोस्