लभिजम युनिभर्सल फोरमले मनाए राष्ट्रिय वाल दिवस


काडमाडौँ, २९ भदौ / लभिजम युनिभर्सल फोरमले “विपथमा वाल अधिकारको सुनिश्चितता हामी सबैको साझा प्रतिबद्धता” भन्ने मूल नाराको साथ राष्ट्रिय वाल दिवस २०७७ मनाएको छ । लभिजम युनिभर्सल फोरम भरच्युल कार्यक्रमको ३० औँ सृङखलामा राष्ट्रिय वाल दिवस २०७७ मनाएका हुन ।
प्रमुख अतिथि तथा सामाजिक विकास समिति प्रदेश सभा प्रदेश नं १ का सभापति सांसद सरिता थापा खड्काले स्थानीय प्रदेश सरकारको तर्फबाट महिला तथा बालबालिकाहरूको हक, हित र अधिकारको सुनिश्चितताको यथेस्त पहलमा ध्यानाकर्षण रहेको बताइन । उनले साथै व्यक्ति, परिवार, समाज र राष्ट्रको उन्नतिमा सबैले सहकार्य र हातेमालो गर्नु पर्ने आवश्यकता औलादै कोभिड १९ को महामारीमा पनि विश्वव्यापी रूपमा जनचेतना जगाउने भर्चुअल कार्यक्रमको आयोजना गरेकोमा आयोजक प्रति आभार ब्यक्ता गरिन ।
सडकमा भएका बालबालिकाको स्मरण गर्दै वक्ताहरूले सरकारसँग संरक्षणको माग गरेका छन् । यस.एम.जि.सी.का प्रमुख शंकर मुखिया, अधिवक्ता राम बहादुर राईले पनि सडक र घरमा हुने सबै बालबालिकाको अधिकार एक सम्मान रहेको बताउँदै संरक्षणको लागि सरकारमा आग्रह गरेका छन् । कार्यक्रममा विभिन्न २१ वटा देशका प्रतिनिधी हरु को सहभागिता समेत रहेको थियो । लभिजम युनिभर्सल फोरमका संयोजक सेमिङ गुरुको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन रिजोइन गुरुले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्