बेलबारीमा कोरोनालाई जित्नेको संख्या २० पुग्यो


बेलबारी, २८ भदौ । बेलबारीमा कोरोनालाई जितेर घर फर्कनेको संख्या २० पुगेको छ । संक्रमित भएका २० जना निको भएर घर फर्केको बेलबारी स्वास्थ्य शाखाले जनाएको हो ।

आइतबार बेलबारी नगरपालिकाले २३ जनाको पिसिआर परीक्षण गरेको छ । बेलबारी नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी सन्तोष विश्वकर्माका अनुसार आइसोलेसनमा बस्ने ७ जना, होलडिङ एरियामा बस्ने १२ जना तथा ४ जनाको कन्ट्रयाक ट्रेसिङ गरिएको छ । बेलबारीको आइसोलेसनमा ७ जना रहेका छन् भने होलडिङ एरियामा २६ जना रहेका छन् ।

बेलबारीमा अहिले सम्म ३२ जनामा कोरोना पोजेटिभ देखिएकामा २० जनाले कोरोनालाई पराजित गरेका छन् भने १ जनाको मृत्यु भइसेकेको छ । अन्य ११ जनाको उपचार भइरहेको स्वास्थ्य शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्