बेलबारीका १२ जनाको पिसिआर रिर्पाट नेगेटिभ : १ जना डिस्चार्ज


बेलबारी, २५ भदौ । बेलबारी नगरपालिकाको आइसोलेसन वाट १ जना डिस्चार्ज भएका छन् ।

बेलबारी होलडिङ एरियामा बसेका उनलाई सङ्क्रमण देखिएपछि आइसोलेसनमा राखिएको थियो । बेलबारीको आइसोलेसन वाट उनी सँगै डिस्चार्ज हुनेको सख्य ४ पुगेको छ । २३ गते उनको पिसिआर गरिएको थियो ।

२३ गते गरिएका उनी सहित १२ जनाको पिसिआर रिर्पाट नेगेटिभ आएको बेलबारी नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले बताउनू भयो । उहाँका अनुसार पिसिआर गरिएकाहरू होलडिङ एरियाका १० जना, कन्ट्रयाक टेसिङ १ जना र आइसोलेसनमा बसेका १ जनाको पिसिआर परिक्षण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्