नेकपाका नेताविरुद्ध कार्यकर्ताहरुले आलोचना गर्ने प्रतिबन्ध


काठमाडौं,२५ भदौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेकपाका नेता –कार्यकर्ताहरुले आफ्नै पार्टीका नेताविरुद्ध सामाजिक सञ्जालमा आलोचना गर्ने प्रतिबन्ध लगाएको छ ।

बिहीबार बस्ने स्थायी कमिटीको बैठकअगावै सामाजिक सञ्जालमा बाहिरिएको अध्यक्षद्वय केपी ओली र प्रचण्डको संयुक्त प्रतिवेदनमा कार्यकर्ताहरुले नेताविरुद्ध लेख्न नपाउने भनिएको छ ।स्थायी कमिटीको बैठकका लागि तयार पारिएको प्रस्तावमा भनिएको छ, ‘पार्टीको नीति, नेता र कार्यकर्ताविरुद्ध सामाजिक सञ्जालमा जथाभावी लेख्ने र पार्टी हित विपरीत गतिविधि गर्ने प्रवृत्तिलाई कडाइका साथ रोक्न जिम्मेवार कमरेडहरु र सम्वद सबैलाई यो बैठक निर्देशित गर्दछ ।’

यसैवीच नेकपा स्थायी कमिटीको बैठक नबस्दै अध्यक्ष केपी ओली र प्रचण्डको प्रस्ताव मिडियामार्फत बाहिरिएकोमा केन्द्रीय सदस्य विष्णु रिजालले कार्यदलले तयार पारेको प्रतिवेदन छलफल त के सचिवालय सदस्यकै हातमा नपुग्दै पीडीएफ फाइल नै बाहिर आएकोमा असन्तुष्टि प्रकट गर्दै फेसबुकमार्फत व्यंग्य गरेका छन्( नेकपा कम्ति पारदर्शी छ त !

प्रतिक्रिया दिनुहोस्