बेलवारी, २४ भदौ । बेलबारी नगरपालिका नगरस्तरीय अनुगमन समितिले विकास निर्माणका कार्यहरूको स्थलगत अनुगमन गरेको छ । बेलवारीनगरका उप–प्रमुख तथा बेलबारी नगरपालिका नगरस्तरीय अनुगमन समितिका संयोजक ढाका कुमारी पराजुलीसहितको टोलीले विभिन्न योजनाहरूको स्थलगत अनुगमन गरेको हो ।
बेलवारी वडा नं ३,४ र ११ मा रहेको जनता आवास कार्यक्रम र बेलबारी १ मा निर्माण गरिएको अस्थायी खोला तटबन्ध पर्क्युपाइनको अनुगमन गरेको हो । उपप्रमुख पराजुलीले भने “हामीले लकडाउनका समयमा समेत महामारीसँग जुध्दै अनुगमन र निरीक्षण कार्यलाई कडाइका साथ प्रभावकारी बनाइएका छौँ ।
नगरपालिकाले छोटो अवधिमा पनि विकास निर्माणका कार्यहरू सडक निमार्ण, स्तरोन्नति, खानेपानी, शिक्षा, स्वास्थ्य सिँचाइ, कृषिलगायत क्षेत्रमा अनुगमन कार्यलाई कडाइ गरेकै कारण अहिलेसम्म नगरपालिका भ्रष्टाचारमूक्त बन्न सफल भएको दाबी गरेकी छिन् ।
अनुगमन समिति सदस्य बिन्दुकला गुरुङ, उदय राई, इन्जिनियरहरू बालकृष्ण निरौला, सवै इन्जिनियर दयाराम आचार्य असिस्टेन्ट सवै इन्जिनियर राजेन्द्र खवाससहितको उपस्थितिमा अनुगमन गरेका थिए