इटहरी, २४ भदौ । इटहरी उपमहानगरले इटहरी अस्पताललाई दुईवटा एम्बुलेन्स हस्तान्तरण गरेको छ । इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले इटहरी अस्पताल सञ्चालक समिति अध्यक्ष भूपेन्द्र बराललाई र उपमेयर लक्ष्मी गौतमले इटहरी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा.मनिश शर्मालाई एम्बुलेन्सका चाबी हस्तान्तरण गरेका हुन ।
यी एम्बुलेन्सको प्रयोगबाट अहिलेको विषम परिस्थितिमा इटहरीको स्वास्थ्य सेवालाई सहज बनाउन सहयोग पुग्ने प्रमुख द्धारिकलाल चौधरीले अपेक्षा गरेका छन् ।
कोभिड संक्रमित बिरामीलाई आइसोलेसनसम्म पुर्याउन तथा अस्पताल लैजान एम्वुलेसन्स प्रयोग गरिने प्रमुख चौधरीले बताए । आवश्यक प्रक्रिया पूरा गरेर एम्बुलेन्स चाडै प्रयोगमा ल्याइने अस्पताल सञ्चालक समितिका अध्यक्ष भूपेन्द्र बरालले बत्ताएका छन् ।