बेलबारीका युवाहरूद्वारा फुड बैँक तथा मास्क बैँक सुरु : पहिलो दिन ६५ परिवारलाई राहत वितरण


बेलबारी, २३ भदौ । बेलबारीमा आज मङ्गलबार हेल्पिङ हेन्डस, स्वतन्त्र युवा समूह र सिसौली युवा समूहको संयुक्त आयोजनामा फुड बैँक तथा मास्क बैँक सञ्चालन गरिएको छ ।

अति विपन्न परिवारको लागि खाद्यान्न सामाग्री तथा मास्क वितरण गर्ने उद्देश्यले फुड बैँक तथा मास्क बैँक सञ्चालन गरेका हुन । बेलबारी १ स्थित दुर्गा मन्दिरमा भएको कार्यक्रमको पहिलो दिन ६५ परिवारलाई राहत वितरण गरेको संयोजक रोमन राईले जनाएका छन् ।

कार्यक्रमका संयोजक राईका अनुसार ५ दिनसम्म फुड बैँक तथा मास्क बैँक सञ्चालन हुने छ । विपन्न परिवारको पहिचान गरी ३०० परिवार भन्दा बढीलाई राहत प्रदान गर्ने योजना रहेको राईले जनाएका छन् । युवाहरूले गरेको कामको प्रशंसा गर्दै वडा कार्यालयको पनि सहयोग रहने वडा सदस्य विन्दुकला गुरुङ बताइन ।

प्रतिक्रिया दिनुहोस्