बेलवारी, २२ भदौ । बेलवारीमा आज थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १३ महिनाका एक वालक सहित ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
बेलवारी वाड नं. ४ का १३ महिनाका शिशु, सोही वडा का २२ वर्ष पुरुष , भारतबाट घर फर्केका वडा नं. ११ का २२ वर्षका, वडा नं. १० का ३१ वर्षका र दुवाईबाट घर फर्केका ३५ वर्षका पुरुषलाई कोरोना पोजेटिभ देखिएको बेलवारी स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी सन्तोष विश्वकर्माले जनाएका छन् ।
योसँगै बेलबारीमा कोरोना संक्रमितको संख्या २५ जना पुगेको छ । सन्तोषका अनुसार भदौ १८ गते पिसिआर परीक्षणको लागि धरानमा विपि स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ७४ जनाको स्वाब संकलन गरी पठाइएकोमा ५ जनाको रिर्पाट पोजेटिभ आएको हो ।
अहिले बेलबारी क्वारेन्टाइनमा १९ जना पुरुष र २ जना महिला गरी २१ जना रहेका छन् । बेलबारी आइसोलेसनमा भने अहिले ८ जना रहेको सन्तोषले जनाएका छन् ।