कोरोनाका कारण विराटनगरमा ७० वर्षीय वृद्धको मृत्यु


विराटनगर, २१ भदौ । कोरोना संक्रमणका कारण विराटनगर महानगरपालिका– २ का ७० वर्षका वृद्धको मृत्यु भएको छ ।

ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि आफन्तले उपचारका लागि शनिबार साँझ वृद्धलाई कोशी अस्पताल ल्याएका थिए । अस्पताल ल्यइपु¥याउँदा नै वृद्धको मृत्यु भइसकेको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बताए । ‘मृत्युपछि स्वाब संकलन गरेर जाँच गर्दा कोरोना पोजेटिभ देखिएको पुष्टि भएको हो

योसँगै विराटनगरमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १४ पुगेको छ ।

आइतबार प्रदेश १ मा १ सय ४३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार २२ पुगेको छ । मृत्यु हुनेको संख्या ४१ पुगेको छ । प्रदेश १ मा सक्रमण मुक्त हुनेको संख्या १ हजार ८४३ छ ।

प्रतिक्रिया दिनुहोस्