कोभिड-१९ का कारण दुग्ध व्यवसायीले २० अर्ब रुपैयाँ नोक्सानी ब्याहोरेको दावी


काठमाडौं,२१ भदौ । कोभिड – १९ को महामारी कारण दुग्ध व्यवसायीले २० अर्ब रुपैयाँ नोक्सानी ब्याहोरेको दावी गरेका छन् ।

कोभिड – १९का कारण सुरु भएको लकडाउन र निषेधाज्ञाले डेरी तथा उद्योग क्षेत्रका ६० प्रतिशत बजार गुमेको नेपाल डेरी एसोसियसनले जनाएको छ ।

कोभिड(१९ कारण दुग्ध क्षेत्रमा परेको समस्या र समाधानका उपायहरुबारे कृषि पत्रकारहरुको साझा फोरम (अनाज)ले आयोजना गरेको भर्चुअल अन्तरक्रियामा किसानले पनि धेरै नोक्सान ब्यहोरेको, तर बाहिर नदेखिएको एसोसियसनका महासचिव प्रल्हाद दाहालले बताएका छन् ।

सामान्य अवस्थामा दैनिक ६२ लाख लिटर दूध उत्पादन हुनेमा ३१ लाख दूध मात्र बजारमा जाने गरेको दाहालले बताए । अत्यावश्यक क्षेत्रको रुपमा डेरी क्षेत्रलाई राखिएपनि ढुवानी तथा उद्योग सञ्चालनको क्रममा प्रहरीले अनावश्यक दुःख दिने गरेको गुनासो उद्योगी व्यवसायीको छ ।

कोरोना महामारीका कारण किसानले उत्पादन गरेको दूध संकलनमा ३० प्रतिशत ह्रास आएको केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले बताए ।

किसानले उत्पादन गरेको दूधले बजार नपाएको बताउँदै मन्त्री लामाले त्यसको बारेमा सरकार तथा निजी क्षेत्र मिलेर छलफल गरी समाधान गर्नुपर्ने कुरामा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्