चितवनमा कोरोनाबाट ७० वर्षका पुरुषको मृत्यु


चितवन ,२१ भदौ । भरतपुर महानगरपालिका–१५ को ७० वर्षका पुरुषको आज बिहान ८ बजे चितवन मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि चितवन मेडिकल कलेजको आइसियूमा राखेर उनको उपचार भइरहेको थियो ।

ती पुरुषमा श्वासप्रश्वासमा समस्याको साथै मिर्गौलाको समस्या भएकाले डाइलायसिस पनि गरिएको थियो ।

यससँगै चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको साथै १२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्