नेपालमा अझै पानी पर्ने सम्भावना


काठमाडौं, २१ भदौं । नेपालमा अझै पानी पर्ने क्रम जारी रहेको मौसमविदले बताएका छन् । आज (आइतबार) पनि देशका अधिकांश स्थानमा मौसम बदली भई केही स्थानमा हल्कादेखि भारीसम्म वर्षा हुने सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् ।

मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श समेत जारी गर्दै प्रदेश–१, प्रदेश–२, बागमती प्रदेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

मौसमविदले यी स्थानमा भारी वर्षाको सम्भावना भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

यस्तो रहने छ तीन दिनको मौसम
भदौ २१ गते (आइतबार)

दिउँसो– देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै प्रदेश–१, बागमती प्रदेश तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
राति–देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै प्रदेश–१, प्रदेश–२, बागमती प्रदेश तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

भदौ २२ गते (सोमबार)

दिउँसो–देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै प्रदेश–१, बागमती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश–५ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
राति–देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै प्रदेश–१, बागमती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश–५ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

भदौ २३ गते (मंगलबार)

दिउँसो–देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै प्रदेश–१, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

राति–देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै प्रदेश–१, प्रदेश–२, बागमती प्रदेश, गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्