केराबारी ९ द्वारा जारी प्रेस विज्ञप्तिको त्रुटि सच्चाउने वडा अध्यक्षको प्रतिबद्धता : देविझोडा शिल विवाद


केराबारी, १९ भदौ । केराबारी गाउँपालिका वडा नं. ९ को शिल विवादमा वडा कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा भएको त्रुटि सच्चाउने भएको छ । वडा अध्यक्ष भुपतिन्द्र प्रताप मल्लले मिटिङद्वारा वडा कार्यालयले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा भएको त्रुटि सच्चाउने बताएका छन् ।

केराबारी गाउँपालिकाले लागु गरेको लकडाउनमा वाड नं. ९ स्थित देविझोडा कुसुमेमा वाड कार्यालयले गरेको शिललाई स्थानीयले अवरोध गरेकोमा भद्सर्ना गर्दै भदौ १४ गते प्रेस विज्ञप्ति सार्वजनिक भएको थियो । उक्त विज्ञप्तिमा वडा स्तरीय कोरोना भाइरस प्रतिकार्य समन्वय समितिको निर्णय अनुसार देविझोडा नाकामा गरिएको आवागमन नियन्त्रण कार्यमा स्थानिय अग्रज व्यक्तित्वबाट अवरोध गरेको ठहर गर्दै जो कोही भए पनि आवश्यक कार्यको लागि गाउँपालिका समक्ष माग गर्ने उल्लेख गरिएको छ ।

स्थानीयका अनुसार वडा कार्यालयले गरेको शिलले समाधान भन्दा समस्या मात्र उत्पन्न गरेको कारण आवागमन नियन्त्रणको लागि रोडमा राखिएको बासको ढाट हटाएको बताउँछन् । वडाकै जनप्रतिनिधिले अन्य बाटोको प्रयोग गरी बाहिरका मानिसलाई शिल गरिएको क्षेत्रमा प्रवेश गराएर, घर निर्माण गर्न छुट भएको तर सर्वसाधारणलाई भने बल्ल तल्ल पाएको मल लिएर घर फर्केकालाई पनि प्रवेश निषेध गर्ने सम्मको कार्य भएकोले ढाड हटाउनु बाध्य भएको स्थानीयले बताए । शिल गर्ने कार्य भन्दा सर्वसाधारणमा अभद्र व्यवहार भएको स्थानीयको गुनासो रहेको छ ।

कोरोना संक्रमित क्षेत्र शिल गरेर होम क्वारेनटाइन रहने जनचेतना प्रदान गर्ने कार्य भन्दा मुख्य बाटो बन्द गर्दा सर्वसाधारणलाई सास्ती दिएको स्थानीयको गुनासो रहेको छ । बेलबारी केराबारी जोड्ने मुख्य सडकै शिल गरे पछि अत्यावश्यक कार्यमा पनि सर्वसाधारणले सास्ती भोक्नु परेकोले शिल हटाएकोमा वडाका जिम्मेवार जनप्रतिनिधिले स्थानीयको भावना नबुझी अवरोध गरेको ठहर गर्दै कारबाही गर्ने माग गरेर प्रेस विज्ञप्ति जारी गरेकोमा आपती रहेको देविझोडा कुसुमे युवा समुह, केराबारी ९ का सचिव अमर राई बताउँछन् ।

राईका अनुसार वडा कार्यालयले जारी विज्ञप्तिमा उल्लेखित अवरोध गर्ने जो कोही भएका पनि कारबाही गर्ने बारे अध्यक्ष मल्लसँगको कुराकानीमा त्रुटि सच्चाउने उनको प्रतिबद्धताले स्थानीयको भावनालाई सम्बोधन हुने बताएका छन् । सोही शिल विवादलाई लिएर भदौ १६ गते देविझोडा कुसुमे युवा समूहले २४ घण्टाको अल्टिमेटम सहित स्थानीयको भावनाको सम्बोधन गर्न माग गर्दै प्रेस विज्ञप्ति जारी गरेको थियो ।

आइतबार बसिने वडाको बैठकबाट त्रुटि सच्चाउने अध्यक्ष मल्लले जनाएका छन् । मल्लले शिल गर्ने कार्यमा सर्वसाधारणलाई भएको अभद्र व्यवहारबारे छानबिन गर्ने समेत बताएका छन् ।

https://youtu.be/xp_6OhfJGM4

प्रतिक्रिया दिनुहोस्