स्वतन्त्र युवा समूहद्वारा ३०० भन्दा बढी विपन्न परिवारलाई राहत वितरण


केराबारी, २० भदौ । स्वतन्त्र युवा समूहले फुट बैँकद्वारा ३०० भन्दा बढी विपन्न परिवारलाई राहत वितरण गरेको छ । शुक्रवार केराबारीमा पनि समूहले खाद्यान्न सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

सुन्दरहरैचा नगरपालिका र केराबारी गाउँपालिकामा फुट बैँक सञ्चालन गरी विपन्न परिवारलाई खाद्यान्न सामाग्री वितरण गरिसकेको समूहले अब बेलबारीमा पनि स्थानीय युवाहरूको समन्वयमा कार्यक्रम गर्ने योजना रहेको संयोजक क्रान्ति लिम्बुले जनाएका छन् ।

६ दिन देखी निरन्तर फुट बैँक सञ्चालन गरी राहत वितरण कार्यक्रम गरिरहेको समूहका संयोजक लिम्बुले बताए । बेलबारीमा राहत वितरण कार्यक्रम गरे पछि केही समयको लागि स्थगित गर्ने लिम्बुले जनाएका छन् । फुट बैँको आवश्यकताको महसुस भए पुन सञ्चालन गर्ने समेत लिम्बुले बताए।

प्रतिक्रिया दिनुहोस्