भारतमा कलेजो प्रत्यारोपण सर्जन डा. सुजितकुमार मृत फेला


काठमाडौं, १७ भदौं । नेपालका कलेजो प्रत्यारोपण सर्जन डा. सुजितकुमार साह भारतमा मृत फेला परेका छन् । भारतको मेधान्ता अस्पतालमा कार्यरत डा. साह भारतको गुरुग्राममा मृत फेला परेका हुन् ।

नेपालका सिरहा स्थायी घर भएका डा. साह भारतको हरियाणामा बस्दै आएका थिए । उनले पोखराको मनिपालबाट एमबिबिएस गरेका थिए ।

साहले चण्डीगढबाट सर्जरीमा विशेषज्ञता हासिल गरेका हुन् भने अल इण्डिया मेडिकल इन्टिच्युट (एम्स) बाट एमसिएच गरेका थिए । साहको श्रीमती र एक छोरी छिन् ।

प्रतिक्रिया दिनुहोस्