सामाजिक विकास मन्त्रालयद्धारा मन्त्री घिमिरेको स्वास्थ्यलाभको कामना


विराटनगर १६ भदौ । कोरोना संक्रमण देखिएर होम आइसोलेसनमा रहनु भएको सामाजिक विकास मन्त्री जीवन घिमिरेको मन्त्रालयले स्वास्थ्य लाभको कामना गरेको छ ।

आज प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले कोरोना भाईरहेको रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापन कार्यमा मन्त्री घिमिरेको महत्त्वपूर्ण भूमिका रहेको जनाएको छ ।

सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीद्वारा जारी विज्ञप्तिमा भदौ १५ गते गरिएको पीसीआर परीक्षणमा मन्त्री घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको उल्लेख छ ।

यसैबिच मन्त्री घिमिरेको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्