कोरोना भाइरसको कारण ४० वर्षीय कैदी पुरुषको मृत्यु


काठमाडौं, १६ भदौ । कोरोना भाइरस संक्रमणका कारण केन्द्रीय कारागारमा ल्याइएका ४० वर्षीय कैदी पुरुषको मृत्यु भएको छ ।

कञ्चनपुरबाट उपचारका लागि केन्द्रीय कारागारमा ल्याइएका उनी गम्भीर रोगको बिरामी रहेका कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेलले बताएका छन् ।
पोखरेलले भने, उनमा क्षयरोग र मानसिक रुपमा पनि समस्या थियो, त्यसैले पाटन अस्पतालमा उपचार भइरहेको थियो’, पछिल्लो समय मेगा अस्पतालमा उपचारका क्रममा सोमबार राति मृत्यु भएको हो ।’

१० भदौमा कोरोना भाइरस संक्रमण परीक्षणका लागि उनको स्वाब संकलन गरिएको चार दिनपछि उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । हाल केन्द्रीय कारागारमा ७ सय जना बिरामी कैदीबन्दी छन् । कारागारमा देशभरका कैदीबन्दीको उपचारका लागि अस्पताल छ ।
मंगलबार बिहान थप २ जना कैदीको पनि उपचारका क्रममा मृत्यु भएको छ । तर, कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो ।

प्रतिक्रिया दिनुहोस्