सुन्दरहरैंचामा ६१ जानाले गरे नेपाली काँग्रेसमा पाटी प्रवेश


मणिराम दाहाल – सुन्दरहरैंचा, १६ भाद्र । मोरङको सुन्दरहरैंचा ९ काँग्रेस कार्यसमितिले वडा समितिको भवनमा विशेष कार्यक्रम आयोजना गरी नेकपा कार्यकर्तालाई पार्टी प्रवेश गराएको छ ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका ६१ जना कार्यकतालाई पार्टी प्रवेश गराएको नेपाली काँग्रेस वडा कार्यसमितिका सभापति त्रिलोचन सुवेदीले बताए । उनका अनुसार नेकपाका स्थानीय नेताबाट बारम्बार पार्टी नछाड्न दबाब बढेको भए पनि उनीहरू दैनिक रूपमा सम्पर्कमा आउन थालेकाले बाध्य भएर पार्टी प्रवेशको कार्यक्रम राखिएको उल्लेख्य गरे ।

पार्टी परित्याग गरी आउनेलाई नेपाली काँग्रेस जिल्ला सभापति डिकबहादुर लिम्बू, प्रदेश सांसद लोकप्रसाद सङ्ग्रौला, महासमिति सदस्य ललितबहादुर श्रेष्ठ लगायतले उनीहरूलाई टीका लगाएर पार्टी प्रवेश गराएका थिए ।

नगरप्रमुख शिवप्रसाद ढकालले राज्यले लकडाउन अथवा निषेधाज्ञा जारी गरेको बेला यस्ता सभासमारोह गर्न नहुने बताए । पार्टी प्रवेश गर्ने गराउने पाटो अलग भएको तर कोरोनाको संक्रमण फैलिइरहेको अवस्थामा भिडभाड गर्दा अझै खतराको सम्भावना हुने उल्लेख्य गरे ।

कोभिड १९ को संक्रमण दिनानुदिन बढ्दै गइरहेकाले मोरङ जिल्ला भर भदौ १० गतेदेखि १६ गतेसम्म जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ । तर, निषेधाज्ञा रहेकै बेला नेपाली काँग्रेसले नेकपा कार्यकर्तालाई पार्टी प्रवेश गराएको छ ।

प्रतिक्रिया दिनुहोस्