मणिराम दाहाल – सुन्दरहरैंचा, १६ भाद्र । आज देखी प्रदेश नं १ स्थित मोरङको सुन्दरहरैंचा नगरपालिकामा सिल भएका वाडहरू बाहेकका उद्योगहरू खुल्ने भएका छन् । नगरको ३,४,५,६ र ७ वडा बाहेक सम्पूर्ण वाडहरूमा रहेका उद्योग , व्यापार आआफ्नो सुरक्षा मापदण्डको ख्याल राख्दै पुर्णरुपमा सञ्चालन हुने भएको हो ।
सुन्दरहरैंचाको १२ वटा वडामा विभाजित छ । त्यसै गरी बाँकी रहेका वाडहरूको पनि सिलबन्दी खुलेपछि निर्णय गरिने उद्योग वाणिज्य संघको बैठकमा निर्णय भएको सुन्दरहरैंचा उद्योग वाणिज्य संङ्घका अध्यक्ष नवराज चापागाईँले बताए ।
सुन्दरहरैंचा नगरमा गौरव र पहिचानको रूपमा रहेको पूर्वाञ्चल ल्यूव अयाल प्रा.लि समेत आजदेखि सञ्चालनमा आउने भएको छ । यस नगरमा दर्जनौको संख्यामा उद्योग धन्दाहरू सञ्चालनमा रहेको तथा कोरोनाको संक्रमण बढेसँगै यस क्षेत्रका व्यवसायी उद्योगीहरू समेत प्रभावित भएको पूर्वाञ्चल ल्यूव अयाल प्रा लि का प्रबन्ध निर्देशन भोलेश्वर दुलालले बताए ।