रुपन्देहीमा होम आइसोलेसनमै बसेकी एक कोरोना संक्रमित महिलाको मृत्यु


बुटवल, १५ भदौं । रुपन्देहीमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थलेका अनुसार होम आइसोलेसनमै बसेकी नगरपालिका–५ की ६८ वर्षीया महिलाको आइतबार रातको ९ बजे मृत्यु भएको हो ।

उनीको पीसीआर रिर्पोट भदौ ११ गते पोजेटिभ देखिए पछि होम आइसोलेसनमै बस्दै आएकी थिइन । तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेका अनुसार महिलाको स्वास्थ्यमा समस्या आएपछि भैरहवाको भीम अस्पतालमा लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्